हिपमत डटकम

मंगलबार, मंसिर १८, २०८१ || 2612  पटक पढिएको

मकवानपुर।हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद
समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्दा गाडीलाई जाँच गर्ने क्रममा गाडीको ढालामा बालुवा रमलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!