हिपमत डटकम

शुक्रबार, मंसिर १४, २०८१ || 1445  पटक पढिएको

काठमाडौं।सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!