हिपमत डटकम

बुधबार, मंसिर १२, २०८१ || 614  पटक पढिएको

विराटनगर ।मोरङ बूढीगंगा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् ।

१८ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै उषनले पहिलो पुरस्कार जित्न सफल भइन् । ‘हाम्रो संस्कृतिः हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र आदित्य कार्की द्वितीय हुँदा लक्ष्मी माविकी छात्रा पिंकी सहनी तृतीय भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र विराटनगरस्थित आदर्श माविका नेपाली विषयका शिक्षक पुण्यराज खनाल निर्णायक रहेको समितिले प्रतिस्पर्धी १८ विद्यालयमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो ।

त्यस्तै मंगलबार नै गायन प्रतियोगिता भएको छ । प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र निराजन हिङ्माङ प्रथम, नरग्राम माविकी छात्रा सदीक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलका छात्र नेशन अपूर्व खनाल र कोर्वान ईङ्लिस स्कुलका छात्र जेनिश झाले सान्त्वना स्थान प्राप्त गरे । गायन प्रतियोगिताको निर्णायकमा इटहरीकी गायिका सुनिता कटवाल र रेवन मगर रहेका थिए । वक्तृत्वकलातर्फको नवोदित र गायनतर्फको निर्णयको घोषणा कटवालले गरेकी थिइन् ।

गाउँपालिकाले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्व, गायन, चित्रकला, नृत्य, ऐथलेटिक्स, भलिबल, कबड्डीलगायतका प्रतियोगिता समावेश गरेको छ । सबै प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई मंसिर १५ गते पुरस्कार, ट्रफी, प्रमाण, मेडल, शिल्ड प्रदान गरिने प्रतियोगिता आयोजक बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जानकारी दिए ।

कार्यक्रम नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीसहित पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बू, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, गाउँपालिकाकी उपाध्यक्ष अमृतकुमारी गच्छदार, मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल, नरग्राम माविका प्रधानाध्यापक कैलाश केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पालिकाभरिका ३५ विद्यालयको सहभागिता रहेको प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमको संयोजन गरिरहेको नरग्राम माविका शिक्षक तुलसी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!