विराटनगर।कवि हरि कट्टेल को २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोश्रो संस्करणको आज प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ ।

राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाको हलमा भएको उक्त कार्यक्रममा कृतिको विमोचन विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने ,प्रा डा मेदिनी प्रसाद शर्मा ,प्रा डा हरिहर भण्डारी ,कवि सोमराज अभय ,साहित्यकार बलराम पोखरेल लगायतले संयुक्त रूपमा गरेका थिए ।

कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनै बिलौना उनको १८ बर्ष भन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्दहस्त देखिएको कुरा गरिन् । उनले भनिन् ‘ बिलौनै बिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्रकान्ति तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ यसो हुँदा यो बिलौनै बिलौनासँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि कट्टेल बालवयमै कवितामा विलक्षण प्रतिभाका धनी देखिन्छन् ।

उनका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् । ‘ कार्यक्रममा प्र‌मुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे। उनले भने ” कट्टेल छन्द कविता निकै सङ्कटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित कवि हुन।” कार्यक्रममा अतिथिको आशनबाट बोल्दै बलराम पोखरेल प्रा डा मेदिनी शर्मा प्रा डा हरिहर लगायतले पनि कट्टेल र उनको विमोचित काव्यको चर्चा र प्रशंसा गरे ।

कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी,कवि शारदा कार्की , प्रज्ञा कट्टेल लगायतले बिमोचित काव्यका कविताहरू वाचन गरेका थिए । बिलौनै बिलौना २०४४ सालमा लेखी सर्बप्रथम २०४५ मा छापिएको छन्दोबद्ध लघु काव्य कृति हो ।उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम छन्दवाटिकका सचिव चिरञ्जिवी काफ्लेको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!