बिराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धांजलि अर्पण गरेका छन्। आज ज्ञानेश्वरस्थित सानो गौचरनमा पुगेका प्रधानमन्त्री ओलीले ढुङ्गानाको योगदानको मूल्याङ्कन गर्दै नेपालको संसदीय अभ्यासमा उहाँको विशेष पहिचान र योगदानको चर्चा गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, “दमननाथ ढुङ्गानाले नेपालको संसदीय प्रणालीमा बेग्लै प्रभाव छाड्न सफल भएका छन्। उहाँको बाटोमा हिँड्न सक्नु हाम्रो दायित्व हो।”

मन्त्रिपरिषदको बैठकले आज राजकीय सम्मानका साथ ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको थियो।  मन्त्रिपरिषद्का अन्य सदस्यहरू पनि यस अवसरमा श्रद्धांजलि अर्पण गर्न गौचरन पुगेका थिए।

पूर्वसभामुख दमननाथ ढुङ्गाना, जो कलेजोसँग सम्बन्धित समस्याले केही समयदेखि उपचाररत थिए, ८३ वर्षको उमेरमा आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!