हिपमत डटकम

बिहिबार, कार्तिक २९, २०८१ || 3499  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ ।तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गर्नुभयो ।

उहाँले बाल स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले बालबालिकामा लागेको रोगको पहिचान गरी रेफर गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, अनुरागसिंह कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!