हिपमत डटकम

मंगलबार, कार्तिक २७, २०८१ || 8298  पटक पढिएको

नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा अध्यक्षका उमदवार बलराम सरदार थारुलाइ जिताउन मोरङ कांग्रेसका सभापती डिगबहादुुर लिम्बुु लगायतको टोली मोर्चाबन्दि गरेर बसेको छ ।

सभापति लिम्बुुले पार्टीका क्रियाशील सदस्यहरू, भातृ संस्थाका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिँदै आसन्न उपनिर्वाचनमा बलराम सरदारलाई जिताउनका लागि आ-आफ्नो स्थानबाट सक्रिय हुन निर्देशन दिएका छन्। नेपाली कांग्रेसका प्रचारप्रसार संयोजक तुली किरण बिस्वासले यो कुरा पुष्टि गर्दै भने, “हामीले विशेष ध्यान दिनुपर्ने कुरा भनेको पार्टीका मतहरू सुरक्षित गर्नु हो।”

ग्रामथान गाउँपालिकाका वडा नम्बर ६ को नेता चौक, वडा नम्बर ३ को सिद्राहा र वडा नम्बर १ को खुुनिया कट्टमा रहेका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई मोरङ कांग्रेस सभापति लिम्बुले बलराम सरदारलाई जिताउन आग्रह गरेका छन्। साथै, स्थानीय सामाजिक अगुवा, नागरिक समाजका नेता र विद्यार्थीहरू पनि कांग्रेसका उमेदवारको पक्षमा उभिएका छन्।

कांग्रेसका नेता सुर्यनारायण माझी, जसले अध्यक्षको टिकटको आकांक्षा राखेका थिए, बलराम सरदारको पक्षमा उभिएर जिताउने कसम खाएका छन्। माझीले भने, “बलराम सरदारले ग्रामथानको नेतृत्व पाएपछि यहाँको विकासमा ठूलो लहर आउनेछ।” माझीको समर्थनसँगै अन्य सबै टिकटका आकांक्षीहरू पनि एकजुट भएर बलराम सरदारको पक्षमा सक्रिय देखिएका छन्।

यसका विपरीत, एमालेको भित्रको लडाइँ र असन्तुष्टिका कारण प्रतिस्पर्धा अझै पेचिलो बनिरहेको छ। एमालेका भित्रको असन्तुष्टिका कारण माओवादीले आफ्नो स्थिति बलियो बनाउनका लागि यसलाई मौकाको रूपमा लिइरहेको छ। तथापि, नेपाली कांग्रेसमा यो पटक कुनै प्रकारको अन्तरघात छैन र पार्टी एकजुट भएर बलराम सरदारलाई जिताउनका लागि क्रियाशील भएको छ।

स्थानीय अगुवा र स्वतन्त्र विचारकहरूको विश्लेषणअनुसार, बलराम सरदारको इमान्दार र शालिन छविका कारण यो पटक ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको जित पक्का भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!