हिपमत डटकम

शुक्रबार, कार्तिक २३, २०८१ || 10987  पटक पढिएको

काठमाडौंँ । ‘नेसनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाईल्याण्ड उडेका छन् । बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उनीहरु शुक्रबार बिहान थाइल्याण्ड उडेका हुन् ।

‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो । इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धीरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहेका छन् ।

थाइल्याण्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राइले बालबालिकाहरुलाई जितको शुभकामना व्यक्त गर्दै आ–आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गरेका थिए । मन्त्री राईसँंगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ
इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड उडेका हुन् । सहभागि बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् ।

निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् । हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन् ।

ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागिहरुको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!