विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दशैं, तिहार, छठ, नेपाल सम्वत, इद, ल्होसार लगायत सम्पूर्ण राष्ट्रिय पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा सबै क्षेत्रलाई उपस्थिती गराउने तयारी गरिएको एमाले मोरङले जनाएको छ । बुधबार विराटनगरमा नेकपा (एमाले) मोरङका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यता र कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको विशिष्ट आतिथ्यतामा बसेको बैठकले समाजका सबै क्षेत्रलाई आमन्त्रण गर्ने तयारी गरेको छ । त्यसका लागि निम्तो सबै तिर पु¥याउन क्षेत्र छुट्टयाएर कार्य बिभाजन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा सवै राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग ब्यवसाय, राज्य, प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सन्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायतका सबै पक्षलाई आमन्त्रण गरिने र त्यसको व्यापक तयारी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । ५ हजार भन्दा बढीको जनसहभागिता रहने उक्त कार्यक्रम भव्यरुपमा सफल पार्न सवै जनसंगठनहरुलाई समेत परिचालन हुन केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरे र कोशी प्रदेश कमिटी अध्यक्ष खतिवडाले बैठकमा निर्देशन दिनुभयो ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । विहान ११ देखि ३ बजेसम्म पार्टी परिवार तथा ३ देखि ५ बजेसम्म अन्य क्षेत्रसँग शुभकामना आदानप्रदान र चियापान कार्यक्रम राखिएको एमाले मोरङका सचिव रविन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक विभिन्न जातजातीको झाँकी, बजागाजा र सांस्कृतीक कार्यक्रमहरु समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!