प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारलाई विशेष आग्रह सहित माग पत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड –१९) ले विश्वव्यापी रुपमा संकट फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण पुष्टि भैसकेको छ । सरकारले सवैको स्वास्थ्यको सुरक्षाप्रति गम्भीर भएर देशभर लकडाउनको घोषणा गर्नु स्वागत योग्य कदम भएको परिषद्ले जनाएको छ । यो संगसँगै देशमा दैनिक काम गरेर जीवनयापन गरिरहेका जनताका लागि चिन्ता एंव हातमुख जोर्न नसकिरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको परिषद्ले जनाएको छ । यसको लागि सरकारले केहि समयको लागि विद्युत महशुल निशुल्क गर्नुपर्ने, पानीको महशुल निशुल्क गर्नुपर्ने, दैनिक काम गरेर जीवनयापन गरिरहेका समुदायको पहिचान गरि सहयोगको योजना ल्याउनुपर्ने, वहालवाला नागरिकका लागि देशैभर चैत महिनाको घरभाडा निःशुल्क गर्नुपर्ने, सिलिन्डर ग्यासको विकल्पमा इन्डक्सन चुलोको व्यवस्था एंव वितरण गर्नुपर्ने माग पत्र बुझाएको छ ।