सोमबार, मंसिर २३, २०७६ || 2436  पटक पढिएको
हिपमत डटकम
बिराटनगर,मंसिर २३।
 
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो । स्वर्ण सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो । श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै कबिता कुवरले अविजित १३, करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनायो । उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रनको योगदान गरे। नेपालकी सन्तोषी कुमारी र सोनु खड्काले समान २/२ विकेट हात पारिन् । नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । अब श्रीलंकाले बंगलादेशसँग खेल्नेछ । बंगलादेशले ३ खेलमा ३ जित हात पार्दा श्रीलंकाले समान खेलमा २ खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । नेपालले ३ खेलमा २ अंक जोड्यो । अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ ।
नेपालको स्वर्ण सम्भावना समाप्त। प्रवेश विष्ट।। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो । स्वर्ण सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो । श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै कबिता कुवरले अविजित १३, करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनायो । उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रनको योगदान गरे। नेपालकी सन्तोषी कुमारी र सोनु खड्काले समान २/२ विकेट हात पारिन् । नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । अब श्रीलंकाले बंगलादेशसँग खेल्नेछ । बंगलादेशले ३ खेलमा ३ जित हात पार्दा श्रीलंकाले समान खेलमा २ खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । नेपालले ३ खेलमा २ अंक जोड्यो । अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!