हिपमत डटकम

शुक्रबार, आश्विन ०४, २०८१ || 1328  पटक पढिएको

भारतको तिरुपति मन्दीरमा प्रसादका रूपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद चुलिएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पछिल्लो सरकारले लड्डुमा घ्यूको सट्टा जनावरको बोसो प्रयोग गरेको आरोप लगाएका छन्। उनले यसले मन्दीरको प्रतिष्ठामा ठूलो धक्का पुर्‍याएको समेत बताए।

मुख्यमन्त्री नायडुले लड्डुमा प्रयोग गरिने घ्यूमा मिलावट भएको पुष्टि भएको दावी गरेका छन्। तिरुपति मन्दीर विश्व प्रसिद्ध धार्मिक स्थल हो, जहाँ नेपालसहित अन्य देशबाट धेरै भक्तजन र पर्यटकहरू पुग्ने गर्दछन्।

प्रति वर्ष तिरुपति मन्दीरमा ३,००० करोड रुपैयाँ दान संकलन हुने गरेको छ, जसमा ५०० देखि ६०० करोड रुपैयाँ लड्डु बिक्रीबाट आर्जन हुने गर्दछ। यो घटनाले मन्दीरको आर्थिक र धार्मिक छविमा असर पुर्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!