काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभा बैठकमा कार्कीले प्रस्तुत गरेको प्रस्तावमा ६६ मत पक्षमा, १५ विपक्षमा र शून्य मत रहेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन्। साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते पुनः समर्थन फिर्ता लिएको थियो।
कोशी प्रदेशमा एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बनेको छ। कोशी प्रदेशसभामा ९३ सदस्य छन्, जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए।