काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप रोक्न कठोर कदम चाल्नुपर्ने बताइन्।
उनले सांसद अशोक कुमार चौधरीको प्रश्नको जवाफमा विश्वविद्यालयमा हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता आवश्यक रहेको र कडाइका साथ कारबाही गर्न तयार रहनुपर्ने धारणा व्यक्त गरिन्।
मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा कुनै पनि दलको हस्तक्षेप नहुनु आवश्यक रहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयका समस्याहरू लामो समयको अव्यवस्थाको परिणाम भएको बताइन्।
उनले सुधारका लागि नीतिगत र व्यवस्थापकीय उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने आश्वासन दिइन्।