हिपमत डटकम

बुधबार, भाद्र १२, २०८१ || 12001  पटक पढिएको

काठमाडौं \ घरेलु मैदानमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो। खेलको पहिलो हाफको अन्त्यमा बंगलादेशले पहिलो गोल गर्दै अघि बढेको थियो।

बंगलादेशका मिरजुल इस्माइलले पहिलो गोल गरेका थिए। उनले दोस्रो गोल खेलको ५५ औँ मिनेटमा थपे।

त्यसपछि, बंगलादेशका रब्बी हुसेनले ७१ औँ मिनेटमा तेस्रो गोल गरे। खेलको ९० औँ मिनेटको इन्जुरी समयपछि बंगलादेशका पियास अहमद नोभाले चौथो गोल थपे।

नेपालका लागि एक मात्र सान्त्वना गोल समीर तामाङले ८० औँ मिनेटमा गरेका थिए। समूह चरणमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको थियो।

योसँगै बंगलादेशले पहिलो पटक साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो। बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!