काठमाडौं, ९ भदौ। भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटनामा परेको छ। बसमा ४३ जना सवार रहेको उल्लेख गरिएको छ।
दुर्घटनामा ३६ जना घाइते भएका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ|
घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। तीर्थयात्री सबै बारा जिल्लाका रहेका थिए। तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।