हिपमत डटकम

शनिबार, भाद्र ०८, २०८१ || 3172  पटक पढिएको

नेपालको पहिलो न्युरोलोजी अस्पतालको रूपमा स्थापित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले आज आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा अस्पतालले बिरामी केन्द्रित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

अस्पतालले आज बिहान आफ्ना बिरामी तथा उनीहरूका आफन्तजनलाई फलफूल र खाजा वितरण गरेको थियो । साथै, अस्पतालले आफ्ना २४ जना उत्कृष्ट कर्मचारीलाई विशेष कदरपत्र प्रदान गरी सम्मान गरेको छ । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिस्ट डा. बिरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट र मेडिकल डाइरेक्टर डा. बिबेक कट्टेलले सम्मानित कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. अनिशा बिष्टले अस्पतालले सधैं बिरामीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै आएको बताइन् । उनले भनिन्, “हामीले बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रयासरत छौँ।”

आफ्नो वार्षिकोत्सवको अवसरमा अस्पतालले टाउको दुखाइका बिरामीहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ । भाद्र ९ देखि १४ गतेसम्म वरिष्ठ न्युरोलोजिस्ट डा. बिरेन्द्र कुमार बिष्ट र विशेषज्ञ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलको ओपिडी सेवा निःशुल्क हुनेछ । साथै, यस अवधिभर २४ प्रकारका विशेष जाँचमा २४ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा एक हप्तासम्म घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले वडा नं १० मा रहेका घरघरमा गई अस्पतालका सेवाहरूबारे जानकारी गराउनेछ र छुट सहितको कार्ड वितरण गर्नेछ ।

न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल नेपालमा न्युरोलोजी सेवाको सुरुवात गर्ने अस्पताल हो । अस्पतालले न्युरोलोजी, कार्डियोलोजी, फिजिसियन, प्याथोलोजी लगायतका विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!