हिपमत डटकम

आइतबार, भाद्र ०२, २०८१ || 7319  पटक पढिएको

काठमाडौं – नेकपा एमालेका दुई केन्द्रीय सदस्य मञ्जु चालिसे र कुन्दन कुसवाहले आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका छन्।

 

गत साउन १७ गतेको एमाले सचिवालय बैठकले उपाध्यक्षको रूपमा गुरू बराल, स्थायी कमिटी सदस्यको रूपमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ, र केन्द्रीय कमिटी सदस्यको रूपमा १७ जनालाई मनोनयन गरेको थियो।

 

शपथ ग्रहण समारोहमा अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनको लागि पार्टीलाई पूर्ण रूपमा तयारी गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई अस्तित्व रक्षाको साना खेलमा अल्झन नहुने सन्देश दिए। उनले एमालेलाई देश भित्र बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने आवश्यकता औंल्याए।

 

ओलीले आफू नेतृत्वको सरकार कुनै पनि काममा देश र जनताको हितलाई असर नगर्ने प्रतिबद्धता व्यक्त गरे। अन्य दलहरूले मोर्चा खोज्ने काम गरिरहेका बेला, एमालेले आफैँ भित्र मोर्चा बनाएर अघि बढ्ने योजना रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!