हिपमत डटकम

शुक्रबार, साउन ११, २०८१ || 11488  पटक पढिएको
चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।
प्रतियोगिताका लागि ५ हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट ५ सय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो ।  कार्यक्रम हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रशारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया,अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माताको रूपमा रोशन कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडाको र महेश तामाङ “दोङ” रहेका छन् । यस अघि पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौँका मेयर बालेन साह पनि रहेका थिए । साथै मेन्टरको रूपमा पहिलो सिजनको विजेता भाईबर साइमन, भ्योमा र ‘याबी द गोट’ रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।
त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाएकी छिन् भने ब्रोड्कास्टिङ्ग पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!