मोरङको जहदा गाउँपालिकाले विश्वास परियोजनाको सहयोगमा पालिका स्तरीय डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद शाह, उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारी लगायतका सुरक्षा निकाय, विद्यालयका शिक्षक, प्रहरी, सम्पूर्ण शाखाका प्रमुखहरु, स्वास्थ्य स्थानका प्रमुखहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

स्वास्थ्य कार्यालय मोरङका अनिल कुमारदेवले डेङ्गु रोग गम्भीर महामारी रहेको र यसको रोकथामका लागि सबैले सचेत रहन आवश्यक रहेको बताए। डेङ्गुबाट बच्न घर आँगन सफा राख्न र पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरिएको छ।  स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले डेङ्गु रोक्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने र जनतालाई सचेत गराउनुपर्ने बताए।

सशस्त्र प्रहरी बलका नायब निरीक्षक भाइ काजी बस्नेतले सुरक्षा निकायबाट हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारीले विशेष गरी बर्खायामको बेला सचेत रहन र आफ्नो वरपरको क्षेत्र सफा राख्न अनुरोध गरेका छन्। गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनले विद्यालयका विद्यार्थी र अभिभावकलाई डेङ्गु रोगको रोकथाम सम्बन्धी जानकारी आवश्यक रहेको औंल्याए। गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद शाहले डेङ्गु रोगको रोकथामका लागि सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए। विश्वास परियोजनाद्वारा डेङ्गु रोगको रोकथाम सम्बन्धी जानकारी: कार्यक्रममा विश्वास परियोजनाले डेङ्गु रोगको रोकथाम सम्बन्धी विशेष जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!