रबिन्द्र बराल

शनिबार, आषाढ ३०, २०८१ || 50873  पटक पढिएको

बिराटनगर।  इलाका प्रहरी कार्यालय रंगेलीले आज १५ सय केजि गाँजा नष्ट गरेको छ। रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैको डस्वसिन साईडमा ठुलाे मात्रामा गाँजा नष्ट गरिएको हो। १५ दिन अघि धनपालथान गाँउपालिका वडा नम्बर ७ स्थित कमलपुर टोल बस्ने ३० वर्षीय राज कुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा प्रहरीको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले खोजतलास गर्दा निजको करेसा बारीमा अवैध गाँजा लागू औषध ४९ बोरा १५ सय ४८ केजि बरामद गरेको थियो।

उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीले शनिबार जिल्ला अदालतका नासु तेजेन्द्र प्रसाद साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, नगरपालिका पशुपति लाल दास, स्थानीय, बुद्धिजीवी, पत्रकार लगायतको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!