बुधबार, चैत्र १२, २०७६ || 1917  पटक पढिएको

कोरोना संक्रमणको महामारीको जोखिममा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।
सरकारले सोमबार देखि लकडाउनको घोषणा गरे संगै थप संक्रमणको प्रभावकारी रोकथा तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सिरहाका सरोज प्रसाद गुरागाईले बताए ।
नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवाहरु संचालन सम्बन्धमा सिरहा जिल्ला भरी मिति २०७६ चैत्र ११ गते बिहान देखि चैत्र १८ गते बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
जारी सुचनामा औषधी उपचार, खाद्य वस्तु आपुर्ती जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निनिस्किने, अनुमती प्राप्त सवारी सवाधान, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक लामो दुरीका सवारी सधान संचालनमा पुर्ण रोक लगाइएको छ ।
सुरक्षा निकाय बाट प्रयोग हुने बायुयान र तोकिएको अन्य उडान वाहेक अन्य सबै आन्तरिक ब्यब्सायिक उडान हरु बन्द गर्ने , स्वास्थय, सुरक्षा खाद्य्री बस्तु, खानेपानी, दूध, बिधुत, दुरसचार , सूचना तथासचार , भन्सार, क्वारेन्टाइन , फोहर ब्यबस्थापन जस्ता अति आब्श्यक सेवा बाहेक अन्य कार्यालय संचालन को लागि आबश्यक पर्ने कर्मचारी हरु मात्र उपस्थित हुने गरि संबंधित कर्यालय प्रमुख ले बिदा दिने, औसधि तथा स्वास्थय उपकरण , खाद्यय बस्तु, खानेपानी , दुध , इन्धन , उत्पादन गर्ने उदोगहरु बाहेक निजि क्षेत्र बाट संचालित अन्य उद्योग , काल कारखाना हरुमा काम गर्ने श्रमिक, कर्मचारी हरु सम्बन्धित उद्योगले ब्यबस्था मिलाउने
त्यसै गरि औषधि र औषधीजन्य सामग्रीहरुको अभाव देखाई मुल्य वृद्धि गर्ने वा कालाबजारी जम्माखोरी गर्ने वा लुकाउने वा आपुर्तीमा अवरोध व्यक्तिलाई प्रचलित कानुन बमोजिक नियन्त्रणमा लिने, सामग्री जफत गरी रोकथाम तथा उपचारको कार्यमा प्रयोग गरिने, संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय गरिने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!