हिपमत डटकम

बिहिबार, जेठ १७, २०८१ || 1455  पटक पढिएको

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स र वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २–२ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले र दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १३० रनले हराउँदै वाइआरसीसीले लगातार दुई जित हात पारेको हो । जितसँगै दुवै टिमले समान ४–४ अंक जोडेको छ ।

पहिलो खेलमा पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पूरो गर्यो । एनबीएससीको जितको लागि सन्तोष कार्कीले आक्रमक ब्याटिङ गरे । उनले २० बलमा अविजित ४१ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे । अतहर अन्सारी ७ बलमा १८ रनको योगदान गर्दा मनिष थापाले १० बलमा १८ रन बनाए । भिम सार्कीले ७ रन जोडे ।पूर्वाञ्चलका बलर बिकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो । जसमा विकास लोहियाले ११ बलमा २१ रन बनाए । अंकित सुवेदीले १२ र शरद भेषावकरले ९ बलमा १० रन बनाए ।एनबीएससीका बलर प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । एनबीएससीले अहिलेसम्म तीन खेल खेलेको मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो ।

वाइआरसीसीसँग एलिट पराजित
एलिट क्रिकेट क्बललाई १३० रनले हराउँदै वाइआरसीसीले जित हात पारेको छ । वाइआरसीसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो । जितमा लोकेस बम र देव खनालले आक्रमक ब्याटिङ गरे । उनले २० बलमा अर्धसतक पूरा गर्दै ५६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । देब खनालले १९ बलमा अर्धसतक पूरा गर्दै ५२ रन बनाए । देवले ७ छक्का र १ चौका हिर्काए । विवेक यादवले अविजित ५ बलमा २० रन र राशिद खानले ५ बलमा अविजित १८ रनको योगदान दिए ।
एलिटका मोहितले २ विकेट र सलन कामतले १ विकेट लिए ।
वाइआरसीसीले दिएको १८१ रनको लक्ष्य पछ्याएको एलिटले ९.२ ओभरमा सबै विकेट गुमाई ५० रनमा सिमित भयो । वाइआरसीसीका बलर तारिक जमिलले गरेको घातक बलिङ सामु एलिटका कुनै पनि ब्याटरले दोहोरो अंक जोडन सकेनन् । अभिषेक पलले ८ बलमा ९ रन, दिपक बोहोराले ४ रन बनाए ।
वाइआरसीसीका घातक बलिङ गर्ने तारिक जमिलले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्री र इमरन नजिरले समान २–२ विकेट लिए ।
बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!