रंगेली । माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित सिजुवा मा ४५ बर्षका दुर्गाप्रसाद ढकालले माघ महिना देखि ड्रागन खेती गर्ने सुरु गरेका छन । ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेतीमा युवाहरु आकर्षित भएका छन् ।
सेतो र रातो जातको यो फलबारे शुरु–शुरुमा विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुन्थ्यो। तर अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले जानकारी पाए पछि पच्छिलो समयमा सिमाबर्ति क्षेत्रका कृषकहरु समेत ड्रागन फुट व्यावसायिक खेतीमा युवा हरु अग्रसर हुन थालेका छन् । स्थानीय दुर्ग प्रसाद ढकाले अहिले एक बिघा खेतमा १२ लाख रुपैयाँ बराबरको लागतमा उक्त व्यवसाय सुरु गरेका छन् ।
सुनसरी बाट प्रति गोटा ७० का दरले जम्मा २४ सय बिरुवा ल्याएर व्यवसाय सुरु गरेको र यसकाे आयु २० देखि २५ बर्ष सम्म हुने गरेको उनका छाेरा मनिष ढकालले बताए । सुरुमा बढी लागत लागेता पनि पछि राम्रो फल दिने भए पछि राम्रो आमदानी समेत दिने भएकोले ड्राईगन फुट काे व्यवसाय सुरु गरेको मनिष ले बताए ।
पछिल्लो समयमा युवाहरु वैदेशिक राेजगारीमा जाने लहर बडि रहेता पनि केही युवाहरुले आफ्नै देशमा पनि केही गर्ने सकिन्छ भन्ने उदेश्यका साथ आफुले साे ब्यवसाय गर्ने थालेको ढकालले बताए । आफ्नो बाबू बाजेले समंरक्षण गरेर राखेकाे खेतीमा आफैले अहिले धेरैले ड्राईनग खेती गरेर देखेकाे र विभिन्न सामाजिक सन्जाल बाट आफुहरुले याे खेती कसरी गरिन्छ भनेर हेरेर आफुले पनि याे व्यवसाय सुरु गरेको समेत उनलेे बताए । पछिल्लो समयमा याे फलकाे माग बजारमा बडि रहेको र प्रतिकेजी ५ सय देखि ७ सय रुपैयाँ सम्म बिक्रीवितरण हुने गरेकाे हुनाले आफूले समेत राम्रो आम्दानी देखेर उक्त व्यवसाय सुरु गरेको उनलेे बताए ।
ड्रागन फलको व्यवसायमा सरकारले सहयोग गरिदिएमा उक्त व्यवसायलाई अझै विस्तार गर्ने योजना समेत रहेको र उक्त फल फल्न एक बर्ष देखि सुरु हुने जानकारी दिए । नेपालमा हामीले गर्ने भनेको आफ्ना उत्पादनको ब्राण्ड निर्माण पनि हो। ब्राण्ड निर्माण गर्न सक्यौँ भने त्यसबाट एकसाथ बिरुवा उत्पादन, मलजल, व्यवस्थापन, बजार विस्तार, प्राविधिक सेवा आदिमा असङ्ख्य रोजगारीको सिर्जना हुनेछ। र, यसले नेपालको समृद्धिको यात्रामा योगदान गर्नुका साथै नेपालीको अनुहारमा खुशी ल्याउन सक्ने ढकालले बताए ।