राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक महिनाको तलब प्रदान गर्नुभएको छ । उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिनुभयो । उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन अनुरोध गराउनुभएको छ । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ । उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले एकएक महिनाको तलब जम्मा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!