मंगलबार, चैत्र ११, २०७६ || 639  पटक पढिएको

बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो । “देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ” सुनारले भन्नुभयो “सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।” गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने रु एक लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!