सिरहाको गोलनजार नगरपालिका वडा नं. ९ मा रहेको सारदा डिष्टिलरी प्रा.लि. ले फालेको आगो सहितको खरानीमा जलेर एक बालकको मृत्यु भएको छ । सिरहाकै मिर्चैया नगरपालिका वडा नं. ७ फूलवरीघर भई हाल गोलबजार नगरपालिका वडा नं. ९ घुर्मि वेरियरमा वस्दै आएका उवरास साह तेलीका ८ वर्षिय छोरा सोहन साहको मृत्यु भएको हो ।
घर नजीकैको खेतमा साथीहरुसँग खेलीरहेको बेला २ गते डिष्टिलरीले फालेको आगो सहितको खरानीमा लड्दा जलेर घाइते भएको सँगै भैसिचराई रहेका स्थानीय भोला यादवले बताए । घाइते सोहनलाई उपचारको लागि तत्काल विराटनगर पुर्याएपनि थप उपचारको काडमाडौं पुर्याएका थिए । उनको उपचारकै क्रममा उनको ६ दिनपछि मृत्यु भएको रोहनका बुवा उवरासले जानकारी दिए ।
सोहन उवरासका जेठा छोरा हुन् । उनी स्थानीय नीनि विद्यालयमा कक्षा १ मा पढ्दै गरेका थिए ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले घटनाकै दिनदेखि हामीले उद्योगसँग सम्वन्वय गरिरहेका जानकारी दिए । उनलेभने, ‘हामीले घटना भएकै दिनदेखि उद्योगसँग समन्वय गरिररहेका थियौं, अव मृत्यु नै भईसकेको छ, उद्योगबाट आगो सहितको खरानी त्यहाँसम्म कसरी आईपु्यो हामी त्यसको पनि अनुसन्धान गरिरहेका छौं ।
यता स्थानीयले भने डिष्टलरीबाट निस्कने दुसित पानी जथाभावी छोड्ने, खरानी तथा अन्य फोहरहरु पनि जथाभावी फाल्ने गरेको बताएको छ । डिष्टिलरीको भट्टिबाट निस्केको आगो सहितको खरानी वस्ती नजीकै कुनै घेरबार विनै फाल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!