हिपमत डटकम

मंगलबार, पौष २४, २०८० || 10563  पटक पढिएको

विराटनगर। मोरङको सुनवर्षी–२, अमरदहमा स्नातक तहको पढाइका लागि सम्पूर्ण प्रक्रिया पूरा गरे पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्वन्धन प्राप्त नहुदा क्याम्पस सञ्चालन हुन सकेको छैन । त्रिविले सम्वन्धन नदिंदा प्रस्तावित अमरदह क्याम्पस सञ्चालन नभएको हो ।

विसं २०७४ सालमा त्रिविको सम्भाव्यता अध्ययन टोलीले निरीक्षण गरी अमरदह क्याम्पस सञ्चालनका लागि प्रतिवेदन दिएको थियो । अमरदह क्याम्पसले सम्भाव्यता अध्ययनका लागि लागि २०७४ कात्तिक २२ गते ६६ हजार शुल्क तिरेपछि सो टोली आएको थियो । तर छ वर्ष पुगिसक्दा पनि त्रिविले चासो नदिंदा स्थानीय समाजसेवी र शिक्षासेवी दुःखी भएको प्रतास्वित अमरदह क्याम्पसका अध्यक्ष नरबम खत्रीले बताए ।
९३ वर्षीय खत्री आफू जिवितै हु“दा क्याम्पस खुलकोे हेर्न चाहेको बताए । छ वर्षदेखि क्याम्पस सञ्चालनका लागि जिल्लाका नेतादेखि काठमाडौंसम्म गएर पहल गरेको समेत उनले बताए ।

२०१८ सालमा अमरदह पञ्चायतको उपप्रधानपञ्च हु“दै पछि प्रधानपञ्च भई शिक्षाको विकासमा लाग्दै आएका उनले अमरदहमा क्याम्पस स्थापनाका लागि आफूतर्फबाट कुनै कसर बा“की नराखेको बताए । अमरदहस्थित वीरेन्द्र सार्वजनिक निमाविको व्यवस्थापन समितिको अध्यक्ष भई काम गर्दा मावि शिक्षाको आवश्यकता देखेर पछि मावि हु“दै २०६५ सालदेखि व्यवस्थापन र शिक्षाशास्त्र विषयमा कक्षा ११ र १२ को पढाइ सुरु गरेको खत्रीले बताए ।

‘अमरदहमा क्याम्पस नहु“दा विद्यार्थीहरु १२ किलोमिटर टाढाको क्याम्पसमा अध्ययनका लागि धाउनुपरेको छ, त्यसैले क्याम्पसको माग गरेका हौं’ खत्रीले भने ।
क्याम्पस सञ्चालनका लागि पहल गर्दै आएका खत्रीले आफूहरुले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि पक्रिया चाली सकेकोले अन्य विश्वविद्यालयका लागि पहल नगरेको स्पष्ट पारेका छन् ।

वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालय हाल दुई सय बढी विद्यार्थी अध्ययनरत छन् । यसका साथै नजिकै रहेका जनता मावि गान्धीआश्रम, काली मावि काशीजान टकुवा र अमरसिंह मावि हसन्दहमा अध्ययनरत विद्यार्थीका लागि अमरदह क्याम्पस पायक पर्ने खत्रीले बताए । सोे क्षेत्रमा गरिब, दलित, आदिवासी, जनजाति, मुश्लिम विद्यार्थीहरु बढी रहेकाले नजिकै क्याम्पसको अभावमा उनीहरुले पढाई छोड्नुपर्ने अवस्था आएको उनले बताए ।

वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयले स्थानीय विद्यार्थी, अभिभावक, बुद्धिजिवी तथा समाजसेवीको सुझाव र सल्लाहमा क्याम्पस सञ्चालनको लागि २५ लाख रुपैंया“को क्याम्पस सञ्चालन कोष खडा गरेको छ ।

स्थानीय शिक्षासेवी तथा अधिवक्ता डिल्लीबहादुर कार्कीले भने, ‘२०७४ कात्तिक २२ गते स्नातक तहको शिक्षाशास्त्र संकायको सम्बन्धन फारम भरेर क्याम्पस सञ्चालनको अनुमति मागे पनि ६ वर्ष बित्दासमेत कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।’ उनीहरुले त्यही दिन त्रिविलाई ६६ हजार रुपैंया“समेत बुझाएका थिए । त्रिभुवन विश्वविद्यालयले सम्भावित अध्ययन गरेर त्यसको प्रतिवेदन पनि त्रिविको डिन कार्यालयमा बुझाइसकेको छ ।

वीरेन्द्र सार्वजनिक माविका प्रधानाध्यापक धनबहादुर बस्नेतले इटहरा क्षेत्रका लागि क्याम्पस आवश्यकता रहेको बताए । प्रस्तावित अमरदह क्याम्पसको सम्वन्धनका लागि २०८० साउन १६ गते पुनः निवेदन दिए पनि त्रिविले चासो नदिएको प्रस्तावित अमरदह क्याम्पसका प्रमुख कृष्णप्रसाद न्यौपानेको गुनासो छ । उनले ६ वर्षदेखि विभिन्न बहानामा सम्बन्धन रोकिनुले स्थानीय शिक्षासेवी माथि उपहास भएको गुनासो गरे । त्रिविमा नया“ उपकुलपति आएपछि आफ्नो माग सम्वोधन हुनेमा आशावादी रहेको अध्यक्ष नरबम खत्रीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!