प्रदेस सरकारले मोरङका एकदर्जन साना नाका वन्द गर्ने निर्णय गरेको छ । इलाका प्रहरी कार्यालय अन्तगर्तपर्ने रंगेली नगरपालिकाको आमगाछी र धनापट्टि , चोप्राहाका दुुइ स्थान तथा धनपालथान गाउपालिका अन्र्तगत अमाही, खैरवना र नोचा नाका तथा सुुनवर्सी नगरपालिका काेे वरडङगा र सिक्टि नाका वन्द भएकाेे छ । रतुवामाई नगरपालिका काे घटिचाेक,साेनापुर र गुटुङ्गा सिमाना बन्द गरिएको छ । सो नाकामा आवत जावतमा रोक लगाउन उच्च सर्तकता अपनाइको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । यस अघि सो नाकामा प्रहरीले स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क संचालन गर्दै आएको थियो । प्रदेस न १ का मुुख्य मंत्री शेरधन राईको सयोजकत्वमा नोभेल कोरोना भाइरस रोकथाम , प्रतिरक्षा तथा उपचार समन्वय उच्च स्तरिय निर्देशन समितिले सो निर्णय गरेको हो ।
यसैगरि समितिले विराटनगर रानी नाका भएर तेश्रो मुुलुुकवाट हुुने आवतजावतलाई पुुर्ण रुपले वन्द गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले विराटनगर रानी नाका भएर भारतवाट आउने नेपालीहरुको आवतजावतलाई थप व्यवस्थित गर्ने तथा कडाइका साथ हेल्थ जाचको व्यवस्था गर्ने निर्णय गरेको छ । सो नाकामा नेपाल भारत दुुवैतर्फ हेल्थडेस्क संचालन हुुदै आएका छन ।
कोरोना भाइरस सक्रमित फेला परे त्यस्ता व्येक्तिलाई क्वारेन्टाइनमा राख्ने तथा संघिय, प्रदेस र स्थानिय सरकारसंग समन्वय र सहकार्यगरि आवश्यक मेडिकल सामाग्री खरिद गर्नेपनि समिति निर्णय गरेको छ । समितिले अत्यावश्यक काम वाहेक हिलडुुल तथा हाटवजारमा आवतजावत नर्गन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!