हिपमत डटकम

बिहिबार, पौष १२, २०८० || 7316  पटक पढिएको

मोरङ व्यापार संघले यो मेला सञ्चालन गर्न मंसिर १४ गते आन्तरिक राजस्व कार्यालय विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो–२०२३’ को नाममा अस्थायी पान लिइएको देखिएको छ । तर मोरङ व्यापार संघ एक्स्पो–२०२३ सित मन्त्रालयसँग सम्झौता गर्नुपर्नेमा मोरङ व्यापार संघको नाममा गरेको पाइएको छ ।

यस विषयमा संघका अध्यक्ष रिजालसित सम्पर्क गर्दा सबै अपडेट भएको जिकिर गरे । आफू मेलामा व्यस्त भएका कारण धेरै कुरा जानकारी नभएकाले मेला सकिएपछि प्रशासन कार्यालय गएर बुझ्ने उनको प्रतिक्रिया थियो । “मलाई लाग्छ सबै अपडेट नै हुनुपर्ने हो । नवीकरणको प्रक्रियामा होला । केही कमीकमजोरी भएको रहेछ भने मेला सकिएपछि सिडिओ अफिस गएर बुभ्mछु,” उनले भने, “कहाँबाट कसले यस्तो हल्ला चलाएको हो मैले बुझ्न सकेको छैन ।”

त्यस्तै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले २०७८ सालदेखि यता संघले नवीकरण नगरेको बताए । उनले मेला आयोजना गर्नुभन्दा केही दिनअघि कागजपत्र लिएर नवीकरणका लागि आएको जानकारी दिए । “मेला सुरु हुनुभन्दा केही दिनअघि नवीकरणका लागि आउनुभएको थियो । आवश्यक कागजात पूरा नभएका कारण रोकिएको छ,” साहले भने, “सबै सामान झारिसकेका कारण मेला नरोकेको हो । अब नवीकरण गर्न आउँदा कानुनअनुसार जरिवाना तिरेर मात्रै गर्नेछौं ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!