बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको “हाम्रो नेपाल होस्टेल” निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकार सामाजिक बिकास मन्त्रालय ले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

‘प्रदेश १ को राजधानी बिराटनगर देश र प्रदेश कै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘प्रदेश सरकारको यस महामारी विरुद्ध को महाअभियान मा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिने हाम्रो पनि प्रमुख जिम्मेवारी हो, कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको वारेमा चिन्तित रहेकोले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराउने यादवले घोषणा गरेका छ्न।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!