हिपमत डटकम

शुक्रबार, कार्तिक २४, २०८० || 62163  पटक पढिएको

झापा दमकका उदियमान गायक आयुश्मान चापागाँईले हिन्दी भाषाको गीत ‘मेरी जान’ को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा स्वर, शव्द र संगीत आयुश्मानकै रहेको छ ।सुलभ कडरीयाले एरेन्ज गरेको गीतको प्रोडक्सन र ईन्जिनियरीङ्को काम सक्षम श्रेष्ठले सम्हालेका छन् । विकल श्रेष्ठले आफ्नो कथामा निर्देशन गरेको भिडीयोलाई उनैले खिचेका हुन् । भिडीयामा पारिवारीक सदस्यहरुले समेत अभिनय गरेका छन् । मुख्य चरीत्रमा चक्लेटी अनुहारका आयुश्मान आँफै देखिएका छन् भने उनकी बहिनी अन्वेशाले पनि साथ दिएकी छन् । दमक तथा आसपासका सुन्दर दृश्यहरु समेटिएको भिडीयोमा आमा डा। शकुन्तला चापागाई र हजुरवुवा हरिप्रसाद चापागाँई पनि देखिएका छन् ।

यस भन्दा ‘मुरली तिरीरी’ एकल स्वरमा र सुजता पाण्डेसँगको युगल स्वरमा ‘मायाँ बस्यो कि कतै’ बोलको गीत र म्युजीक भिडीयो ल्याई सकेका आयुश्यानले ‘तिमिनै’ बोलको गीत र लिरिकल भिडीयो समेत तयार पारेका छन् । हाल भारतको मेंलुर मा चिकित्सा शिक्षा अध्ययन गरि रहेका आयुश्यामान भविश्यमा चिकित्सा पेशा र संगीतलाई सँगसँगै लैजाने लक्ष्य रहेको बताउँछन् । अध्ययन्मा तिक्ष्ण रहेका आयुश्मानलाई गीत संगीतमा पनि मोह रहेका कारण पारिवारीक रुपमा सहयोग समेत रहँदै आएको उनका बुवाव डा.नविन चापागाँईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!