हिपमत डटकम

आइतबार, भाद्र १०, २०८० || 4888  पटक पढिएको

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन् । आज (आईतबार) सर्वोच्चले उनको मुद्दामा सुनुवाई नगरेपछि उनी भोलि पाकिस्तान जाने भएका हुन् । उनीविरुद्धको मुद्दामा अर्को पेशी आगामी भदौ २१ गतेका लागि तोकिएको छ । ‘उहाँ भोलि पाकिस्तान जानुहुन्छ । अर्को पेशी २१ गतेका लागि तोकिएकाले उहाँ पाकिस्तान जान लाग्नु भएको हो।

नेपाली क्रिकेट टीम यसअघि भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । नेपालले एसिया कपमा समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले भदौ १३ गते पहिलो खेल पाकिस्तानसँग र दोस्रो खेल भारतसँग भदौ १८ मा श्रीलङ्कामा खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!