काठमाडौं ।चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ बिश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ बाट बिश्व बजारमा नेपाली फिल्म बक्स अफिस रिलिजको श्रीगणेश गर्ने तयारी गरेको छ ।
नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् । दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन् । सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो । ‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ । मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेक्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रर्दशन मिति केही दिनमै तय हुने बताइएको छ ।
सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल,प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अबधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो । नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र लागीरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।
‘हामी कन्टेन्ट र मेकिङ हेछौं,’ ‘गणपति’ को बारेमा बताउदै पौडेल भन्छन्,‘कन्टेन्ट राम्रो लागेको र दर्शकले रुचि दिएको पाएकाले छोटो अबधिमै तयारीमा यो फिल्म प्रदर्शन गर्न लागेका छौ ।’ सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् ।
कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेको हुन । फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ । बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।