सिरहाको मालपोत कार्यालय कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले सार्वजानिक स्थलहरुमा भेला हुन प्रतिबन्ध लगाए पनि सिरहाको भूमी सुधार तथा मालपोत कार्यायमा भीड भाड देखिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न देखिने जोखिम बढेकोले सरकारले अत्याव्यश्यक काम बाहेक घर बाहिर न निस्कन र सार्वजानिक स्थलहरुमा भेला हुन पनि प्रतिबन्ध लगाइ रहेको सार्वजानिक महत्वको सूचना हुँदा हुँदै पनि सिरहाको भूमी सुधार तथा मालपोत कार्यालयमा भीड देखिनुले सूचना नपाएको हो कि सूचना अवज्ञा गरेको हो भनि जनगुनासो भइ रहेको छ । त्यसमा पनि टाँसिएर रहेको घरमा नेपाल बैंकमा प्रवेश गर्दा साबुन पानीले हात धुनु अनिवार्य गरिएको छ भने भूमी सुधार तथा मालपोत कार्यायमा नत साबुनपानीको व्यवस्था गरिएको छ नत सुचना नै गरिन्छ ।