विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा लाग्दै आएका साप्तहिक हाटबाजार बन्द गर्ने निणर्य गरेको छ ।
नगरपालिकामा आज शनिबार बसेको सर्वपक्षीय बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार एक हप्ताकालागी बन्द गर्ने विराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार कोरोना भाईरसको संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले साप्ताहिक हाटबाजर बन्द गरिएको हो । व्यपारी वयवसायीहरुले अटेर गरे नगर प्रहरी लगाएर हटीया बन्द गर्ने बताईएको छ ।
प्रमुख पराजुलीलेभने,‘ नगर प्रहरी लगाएर बन्द र्गछौ ,‘
पशल संञ्चालकले अनिवार्य सावुन पानि राख्नुपर्ने
कोरोनाभाईरसको जोखिम न्युनिकरण गर्नमहानगरपालिकाले प्रत्येक पशलसंञ्चालकहरुले सावुन पानि आनिवार्य रुपमा राख्नुपर्ने बताएको छ । महानगरका प्रमुख पराजुलीकाअनुसार महानगर क्षेत्रमा पशल संञ्चालन गर्नेले प्रत्येक पशल अघाडि हात धुने सावुन पानीको वयवस्था गर्नु पर्छ । पराजुलीले थपे,‘ साबुन पानीले हात धुने व्यवस्था नगर्ने पशलसंञ्चालकले पशल खोल्न पाउने छैनन,‘ । क्वरेनटाईनकालागी होटल प्रयोग गरिने क्षेत्रीय होटलसंघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले क्वरेन टाईनकालागी आवश्यक परे होटल हरुलाई प्रयोग गर्न सकिने बताएका छन । विराटनगर महानगरपालिकामा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन । एनलेभने,‘ अस्पतालको अभाव भए होटललाई प्रयोग गर्न सक्छौ हामी सबै होटलहरु उपलब्ध गराउन तयार छौ,।
प्रत्येक घरलाई सचेत गराईने
विराटनगर महानगर क्षेत्रमा बसोबास गर्ने प्रत्येक घरका सर्वसाधारणलाई प्यावशन विराटनगरले सचेतना गराउने जिम्मेवारी लिएको छ । नगर अध्यक्ष ईन्द्रराईका अनुसार महानगर क्षेत्रभित्र अध्याान गर्ने विद्यार्थीको माध्यामबाट जनतेचना जगाईने छ । राईलेभने,‘ संञ्चारमाध्यामको प्रयोग गरेर प्रत्येक घरका विद्यार्थीहरुलाई सचेत गराउछौ उनिहरुले आफ्ना अविभावकलाई सचेत गराउने छन ।
सय शैयाको आईसोलेशन बेड निर्माणको तयारी
विराटनगर महानगर पालिका र प्रदेश न. १ सरकारले मिलेर सय शैयाको आईसोलेशन वाडको तयारी गरेका छन । प्रदेश न. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेका अनुसार कोरोना संक्रमणको आशंका अथवा तेस्रो मुलुकबाट नेपाल फर्कीने सर्वसाधारणकालगी सो वेड तयार गरीएको हो ।स्थानीय र प्रदेश सरकारले डाक्टरको व्यवस्थापन समेत गरिसकीएको बताईएको छ । निजी अस्पताल अफिनको सहकार्यमा सबै अस्पतालमा आईसोलेशन वाडको व्यवस्था हुने र अन्य आईसोलेशन वाडमा डाक्टरहरुले सेवा दिने व्यवस्था मिलाईएको विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए ।