हिपमत डटकम

बुधबार, साउन १०, २०८० || 3163  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा रोक लगाए संगै कालोबजारी सुरु भएको छ । कडाइ गरेको छ। सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा पूर्ण रोक लगाए संगै मुल्य बढाएर कालोबजारी बढेको हो । महानगरले अनुगमन गर्ने गरेकाले कालोबजारी हुने गरेको पाईएको हो ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको थियो । तर साउन १ गते देखि प्रतिबन्ध लगाए संगै हरेक पसलमा भोला सहित सुतीजन्य पुडीया बजार छ्याप छ्यापक पाइने गरेको छ । रु ५ पर्ने पुडीया महानगरले प्रतिबन्ध लगाए पछि रु १०मा खुल्ला रुपमा बिक्रि हुने गरेको छ । रु ५०मा सात वटा र रु २० दिन वटा पसलेहरुले बेच्ने गरेका छन। चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको महानगर जनाउ गर्दे प्रतिबन्ध लगाएको थियो । सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाइमा ठूलो चुनौती सिर्जना गरेको महानगरले बताउदै आएको छ ।

वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो। सोही अनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै गरेको थियो । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरू गरेको थियो ।

सरसफाई शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितका टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए। कतिपय स्थानीयले त आफ्नो परिवारको सदस्यको क्यान्सरको उपचार गर्न ५१ लाख रुपैयाँ सकिएको भन्दै महानगरको अभियान अत्यन्त सकारात्मक भएको समेत प्रतिक्रिया दिएका छन।

तर पछिल्लो समय महानगरले अनुगमन नगरेर कालोबजारी हुदा समेत मौन बस्ता नगरबासी आक्रोशित बनेका छन् ।
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न महानगरवासीलाई मेयर नागेश कोइरालाको आग्रह रहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!