हिपमत डटकम

आइतबार, आषाढ १७, २०८० || 1273  पटक पढिएको

विराटनगर । सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् । उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् ।

पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । जर्जियाले महिला एकल तर्फ बागमतीका जर्जिया चौधरीले लुम्बिनीका ऋतिका चौधरीलाई ४–१ ले पराजित गरिन ।

मिक्स डबलमा कोशी प्रदेशका श्रेया योन्जन र श्रेया राईको जोडिले बागमतीका जर्जिया र चन्द्रमाया राईलाई १०–८ ले पराजित गरे । मिक्स डबलमा सशस्त्र प्रहरीका कमल भण्डारी र भगवती बिकको जोडीले बागमतीका प्रदिप खत्री र जर्जियालाई ५–३ ले पराजित गरे ।

पुरुष एकलमा कोशीका युकेश योन्जनले बागमतीका प्रदिप खत्रीलाई ४ शुन्यको सोझो सेटमा पराजित गरे । पुरुष डबलमा कोशीका युकेश योन्जन र आशिष बोहराले कोशीकै आभास बुढाथोकीलाई ५–२ ले पराजित गरे । प्रथम हुनेलाई नगद ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुंने दुईलाई १०, १० हजार रुपैंयासहित मेडल प्रदान गरियो ।

खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सङ्खट टेनिस संघ विराटनगरमा १३ गतेदेखि संचालन गरेको प्रतियोगिता शनिबार बेलुका सकिएको छ । बिजेताहरुलाई प्रहरी नायव महानिरीक्षक राजेश बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सङ्खट टेनिस संघ जिल्लाका अध्यक्ष श्याम लामा लगायतले पुरस्कार प्रदान गरे ।

महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४–१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४–२ ले पराजित गरेर फाइनल पुगेका छन् । क्वाटर फाइनलमा भगवतीले कोशी प्रदेशकी याना राजभण्डारीलाई ४ –२ ले पराजित गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!