विराटनगर ।विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उहाँले बताउनुभयो । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उहाँको भनाइ थियो ।

यसैबीच, आज भएको फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ । खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए । खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ । विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो । असार सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!