काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि नेपालीले उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन् । मन्त्री बस्नेतले जावलाखेलस्थित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा र लाइफलाइन हेल्थ केयर होम प्रा.लि.को संयुक्त आयोजना बुधबार आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको अवसरमा हरेक अस्पतालले नियम अनुसार १० प्रतिशत शैया विपन्न वर्गका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताएका हुन् ।

मन्त्री बस्नेतले भने, ‘स्थानीय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निःशुल्क गर्न सकिने बताउँदै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

कोभिड १९ को बेलादेखि नै आफू बिरामीको निःशुल्क उपचार सेवाका लागि औषधि, अक्सिजन सिलिन्डर र सर्जिकल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निःशुल्क स्वास्थ्य सिविरहरुबाट पनि हजाराँै बिरामी लाभान्वित हुनेमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनुपर्ने सुझाए ।

कार्यक्रममा निःशुल्क स्वास्थ्य सिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानीत हुनेहरुमा गायत्री दाहाल, मोतिशान्ति शाक्य, लक्ष्मीनारायण सिंह सुवाल, ज्ञान महर्जन र शिव नारायण साह रहेका छन् । कोभिड १९ का बेला स्थापना भएको लाईफलाईन हेल्थ केयर होमले विगत ८ महिनादेखि पोलिक्लिनिकको रूपमा उपचार सेवा प्रदान गरिरहेको छ ।

यसले देशका विभिन्न भागमा स्वास्थ्य सिविर सञ्चालन गरेर बिपन्न बिरामीलाई उपचारमा सहजीकरण गर्दै आइरहेको हेल्थ केयर होमका वोर्ड अफ डाइरेक्टर समिर जोशीले बताए । काठमाडौँ मेडिकल कलेजको सहकार्यमा हेल्थ केयरले विभिन्न सिविरबाट सिफारिस भएर आएका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा हुने शल्यक्रियामा ५० प्रतिशत छुट दिने गरेको जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!