हिपमत डटकम

बुधबार, जेठ ०३, २०८० || 1472  पटक पढिएको

विराटनगर । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारु (चौधरी)ले सरकारले तीन दिनभित्र आफ्ना माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएका छन् । सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै तीन दिन भित्र आफ्ना माग पुरा नगरे सरकार छोड्ने चेतावनी नेता थारुले दिएका हुन ।
पत्रकार सम्मेलनको आयोजना गरेर नेता थारुले यस्तो चेतावनी दिएका हुन ।
उनले भने,‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिताबारे सोच्न बाध्य हुनेछौं।’

सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सार्वजनिक नगरी टीकापुरको घटनालाई राजनीतिक रुपमा ब्याख्या नगरेकाले सरकारलाई समर्थन गर्नुको औचित्य नभएको बताए ।
लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरेर रोकेको हो भन्दै उनले भने –‘रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष हुन ।‘

थारुले भने, ‘हामीले सबैसँग कुरा गरेका छौं। सबैले यो राजनीतिक आन्दोलन भएको बताउनु भएको छ। ’उनले हाम्रो अबको आन्दोलन पनि शान्तिपूर्ण हुने बताए।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। वि.सं. २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो।

यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। उनले सर्वोच्च अदालतप्रति कुनै गुनासो नभएपनि सरकारप्रति गुनासो भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!