पछिल्लो समय धनकुटाकी गायिका सुमिना बराईली धमाधम गीत रेकर्डिङमा ब्यस्त छिन, यसै क्रममा रमाईलो पूर्वेली गीत ‘भेटैमा भयो सोल्टिनी’ लिएर आएकी छिन भने उनलाई साथ दिएका छन गायक समिर बिकले । गायक पथरीका हुन ।
बुढासुब्बा युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बुद्दिमान बराईलीको शब्द तथा लय रहेको छ । गीतको सम्पूर्ण भाग मोरङको पथरीमा छायांकन गरिएको बराईलीले बताएका छन ।
नगेन धिमालले ड्रोन क्यामेरा अपरेट गरेको उक्त गीतमा रिकेश बज्राचार्यको छायांकन रहेको छ भने भिडियोमा विशाल र दिपाको जीवन्त अभिनय देख्न सकिन्छ । राम बिकको निर्देशन रहेको उक्त गीतले दर्शकको मन जित्नेविश्वास रहेको बताईएको छ – हेर्नुहोस्