बुधबार, चैत्र ०५, २०७६ || 697  पटक पढिएको

सिरहामा मास्कको अभाव भएको छ । दुई साता अघिसम्म सिरहाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्क पाईए पनि कोरोना भाइरसको त्रास बढेसंगै जिल्लाका अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव देखिएको हो । कोरोना भाइरसको संक्रमण फैलने हल्ला बढेपछि बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको सिरहा जिल्लाको मिर्चैया नगर भित्र रहेको दिनेश मेडिकल हलका संचालक जितेन्द्र कुमार साहले बताउनुभयो । सिरहाका व्यापारीहरुले काठमाडौं देखि आयात गरेर मास्क विक्री वितरण गर्दै आएका थिए । प्रकृति र विशेषता अनुसार थोकमा प्रति प्याकेट २ सय देखि २ सय ५० रुपँया र खुद्रामा प्रति पिस १० रुपैयामा मास्क बिक्री वितरण हुँदै आएको थियो । तर,अहिलो सिरहाको बजारमा मास्कको अभाव देखिएपछि कालोकजारी शुरु भएको छ । अहिले १० रुपैयामा पाउने मास्क लुकीछिपी ५५ देखि १ सय रुपैयामा विक्री वितरण भईरहेको छ । विश्वव्योपी रुपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभावस्वरुव चीनमै मास्कको खपत बढेपछि आयातमा न्युनीकरण भएको र बजारमा मास्कको अभाव देखिएको औषधी व्यवसायी जितेन्द्र कुमार साहले बताउनुभयो । सामान्यतः प्रयोग गरिने कपडाको मास्कको तुलनामा मेडिकल फेसमास्क विशेष मानिन्छ । यो मास्क कपडाको मास्क जस्तो स–साना छिद्ररहित हुने र यसलाई बाहिरका कणहरु नटासिने भएकोले यसलाई सुरक्षित मानिन्छ । विशेषगरी उधोगधन्दा तथा कलकारखाना,स्कुल,कलेज,अस्पतालहरुमा यसको प्रयोग तथा माग बढदो छ । सम्पूर्ण विषयवस्तुमा मध्यनजर गर्दै यस किसिमको कालाबजारी रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन अत्यावह्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!