मैथिली भाषाको नयाँ म्यूजिक भिडियो दिलके डायरी सार्वजनिक भएको छ ।
धेरै भाषाका गीतमा आफ्नो आवाज दिएका लोकप्रिय गायक नितिन गजुरेलको आवाज तथा मैथली भाषा क्षेत्रमा निरन्तर कलम चलाउने युवा साहित्यकार विद्यानन्द वेदर्दीको शब्दमा सजिएको उक्त म्युजिक भिडियो सार्वजानिक भए लगत्तै राम्रो प्रतिक्रिया आएको बेदर्दी बताउछन् । म्युजिक भिडियोको गीतलाई रेडियो कान्तिपुरबाट प्रशारण हुने मैथिली भाषाको चर्चित कार्यक्रम हेल्लो मिथिलाबाट सार्वजनिक थियो।
गीतमा संगीत नितिन कै रहेको छ भने संगीत एरेन्जमेन्ट भूपेन्द्र राय माझीको रहेको छ । म्यूजिक भिडियोमा कमल सिंह, समिक्षा पोखरेल र गायक नितिन गजुरेलको जिवन्त अभिनय देख्न सकिन्छ। भिडियोलाई रेयन कार्कीले निर्देशन गरेका हुन।
पछिल्लो समय मैथिली भाषाको म्युजिक भिडियो पनि एकपछि अर्को निकै नै स्तरिय आईरहेको छ । दिलाके डायरी निकै नै फरक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोबाट निर्माण पक्षले निकै नै आश समेत गरेको छ।