पूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसका सांसद चित्रलेखा यादवका पति डा. श्रीकृष्ण यादवमाथि आफ्नै बुहारीले यौनहिंसाको आरोप लगाएकी छन् । रानी यादव डा. श्रीकृष्ण र चित्रलेखा यादवकी बुहारी हुन् । उनले ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गरेको कुरा सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । चित्रलेखाका पति श्रीकृष्ण यादव लोकसेवा आयोगका पूर्वसदस्य हुन् ।
ससुरा श्रीकृष्ण यादवले विगत ५ बर्षदेखि यौनदुब्यर्वहार गरेको बिषयमा सासु चित्रलेखा, श्रीमान र आफन्तलाई जानकारी गराए पनि सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छन् । उनले सामाजिक संजालमा २०७६ चैत २(मार्च १५)मा फेसबुकमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा सासु चित्रलेखाले पति डा. श्रीकृष्णले यौनहिंसा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै उकासेको आसय उनको पत्रमा प्रकट गरिएको छ ।