नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (NMSRA) बिराटनगर द्वारा आयोजित NMSRA क्रिकेट कप अन्तर्गत आजको पहिलो खेल NMSRA धरान ईकाइ र नेपाल औषधि ब्यबसायी संघ(NCDA) मोरङ्गका बिचमा सम्पन्न भएको छ ।
खेलमा पहिला ब्याटिङ गरेको NCDA मोरङले निर्धारित १५ ओभरमा कुल १५४ रन बनाउन सफल भएको थियो। १५५ रनको लक्ष्य पछ्याएको NMSRA धरानले १३ ओभरमा १०६ रन मात्र बनाउन सक्दा NCDA मोरङले ४९ रनले जीत हासिल गरेका थिए। NCDA मोरङका खेलाडी प्रशान्त शाह म्यान अफ दि म्याच घोषित भएका थिए। कार्यक्रमका अध्यक्ष प्रमोद साह एवं प्रमुख अतिथि केन्द्रिय कोषाध्यक्ष श्री हिरण्य प्रसाद लुइटेलले मायाको चिनो प्रदान गरे ।
कार्यक्रम ब्यबस्थापन कोषाध्यक्ष तेज साह र संचालन सचिव दिपेन्द्र कार्कीले गरेका थिए।