हिपमत डटकम

आइतबार, चैत्र २६, २०७९ || 7839  पटक पढिएको

स्वास्थ्य र छालालाई स्वस्थ राख्न हाम्रो खाना र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो जीवनशैली र खानपानको गलत बानीले हामी उमेरभन्दा अघि नै बुढो बनिरहेका छौँ ।यहाँ आज हामी तपाईंलाई यस्ता केही खानेकुराबारे जानकारी दिँदै छौँ जसले तपाईंलाई उमेरभन्दा अघि नै बुढो बनाउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट तपाईं टाढा भएकै राम्रो ।

तारेका खानेकुरा

तारेका खानेकुराले हाम्रो छालालाई असाध्यै हानी पुर्‍याउँछ । यसको सेवन असाध्यै कम गर्नुपर्छ । यसले छालालाई चिल्लोसमेत बनाउँछ, तसर्थ डन्डीफोर र चाउरीपनको रूपमा देखा पर्ने गर्छ ।

गुलियो खानेकुरा

गुलियो खानेकुरामा चिनी र कार्ब्स हुन्छन् जुन तपाईंको छाला र शरीरका लागि राम्रो हुँदैन । गुलियो खानेकुराले बुढ्यौलीको प्रक्रियालाई तेज बनाउँछ जसका कारण तपाईं समय अगावै बुढो देखिन थाल्नुहुन्छ ।

सोडा वा इनर्जी ड्रिङ्क

सोडा वा इनर्जी ड्रिङ्कले पनि उमेर बढाउने काम गर्छ किनभने यसमा धेरै नै चिनी हुन्छ ।

धूम्रपान र मद्यपान

धूम्रपान र मद्यपान पनि तपाईंको छालाका लागि खराब हो । यसले तपाईंको छालाको निखार तपाईंबाट खोस्ने गर्छ र विभिन्न समस्यालाई निम्तो दिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!