मंगलबार, चैत्र ०४, २०७६ || 810  पटक पढिएको
वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय निकायका पदाधिकारी, सदस्यको सुविधाको व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त बैठकले सो विधेयकलाई दफावार छलफलको प्रदेश मामिला समितिमा पठाउन सर्वसहमतिले स्वीकृत प्रदान गरेको छ । आजै बसेको प्रदेशसभाको बैठकको विशेष समयमा बोल्नुहुँदै प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले ‘देशमा कोरोनाको प्रकोप फैलन नदिन प्रदेश सरकारले सम्बन्धित जिल्लाको अस्पतालमा गुणस्तरीय आइसोलेशन कक्षको व्यवस्था गर्नाका साथै दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र एप्रोन तथा मास्कहरु उपलब्ध गराउनेतर्फ पहल कदमी लिनुपर्ने र स्थानीय निकायबाट भ्रष्टाचारजन्य क्रियाकलापलाई नियन्त्रणमा ल्याउन पनि सरकार सोच हुनुपर्दछ’ भन्नुभयो । त्यस्तै अर्का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले आकस्मिक रुपमा आइपर्ने चट्याङको प्रभावले मकवानपुर जिल्लाको मानव बस्तीलाई निकै क्षति पु¥याएको उल्लेख गर्दै प्रदेश सरकारले प्रदेशमा मनसुनको भविष्यवाणी गर्ने उपकरण जडान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोना भाइरसको प्रकोपलाई भयभित त्रासबाट मुक्त पार्न जनचेतनाको अभियान सञ्चालन गर्न माग गर्नुभयो । विशेष समयमा बोल्नुहुने प्रदेशसभाका सदस्यत्रय न्हुच्छेनारायण श्रेष्ठ, निमा लामा र नरोत्तम वैद्यले क्रमशः प्रदेश सरकारले आफ्नो नीतिगत कार्यक्रममा उल्लेख गरेअनुसारको पूँजीगत खर्चतर्फ दोस्रो चौमासिकसम्ममा आइपुग्दा कूल १५ प्रतिशत मात्रै खर्च हुनाले सरकारको वार्षिक लक्ष्यअनुसारको विकासको पूर्वाधार निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गर्दै अब सरकारले आगामी अबको बजेटमा आत्मसमीक्षा गरेर बजेटको सिलिङ तोक्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ का बुद्धिमान वाइबा र तीर्थलाल थोकरलाई नेकपा विप्लव समूहका कार्यकर्ताले अपहरण गरी चन्दा माग गरिएकामा तत्काल दिन इन्कार गरेकाले उनीहरुलाई गम्भीर घाइते हुने गरी कुटपिट गरिएकामा प्रदेश सरकारले तत्कालै घटनाको तथ्यसत्य छानबिन गरी दोषीलाई कानूनबमोजिम कडा कारवाही गर्न माग गर्नुभयो । घाइते तीर्थलाल (वडाध्यक्ष) र बुद्धिमान वाइबाको बाराको निजगढ स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि सांसद पुलामीले जानकारी दिनुभयो । विशेष समयमा प्रदेशसभाका सदस्य बिराजभक्त श्रेष्ठ, शोभा शाक्य, सरस्वती बस्नेत, इन्द्रमाया श्रेष्ठ र बेलिमाया घलेले राष्ट्रमा सञ्चालित विभिन्न अनलाइन र समाजिक सञ्जालमा कोरोना भाइरसको विषयमा सर्वसाधारण नागरिकका बीचमा त्रास फैलाउने खालका समाचार सम्प्रेषण भएकामा चिन्ता व्यक्त गर्नुभयो । प्रदेशसभाका सदस्यहरु प्रदीप कटुवाल केसी, सन्तबहादुर प्रजा, विजया श्रेष्ठ केसी, रीना गुरुङ र रीता माझीले प्रदेश सरकारले जनताको मनछुने खालको विकासको पूर्वाधार निर्माण गर्दा हुने अनियमित कार्यलाई रोक्न नियमित अनुगमन टोली पठाउनुपर्ने धारणा व्यक्त गर्नुहुँदै प्रदेशमा सुशासन कायम राख्न, जनतालाई मौलिक हकको संवद्र्धन गर्न र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक चैत ५ गते दिनको ११ बजे बस्ने गरी आज सञ्चालन भएको बैठक २ घण्टा ४० मिनेटको समय व्यथित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!