पोखरा। पोखरामा एक जना पुरुष आफ्नै कोठामा जलेर मृत्यु भएको छ । पोखरा १७ स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ बर्षका इन्द्र प्रसाद अर्याल आफ्नै कोठामा आज जलेर मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ ।
आज दिउँसो करिब ३ः०० बजे जसो तीन तले भवनको बिचको तलामा बसेका अर्यालको कोठाबाट आगोको मुस्लो आएसंगै स्थानियले प्रहरीलाई खबर गरेसंगै उनको उद्धारमा खटिए पनि कोठा भित्रबाट चुक्कुल लगाएको अबस्थामा आगलागी भएकोले उनलाई बचाउन नसकिएको कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए । उक्त आगो लागेको कारण हालसम्म पत्तःा लगाउन नसकिएको जसको अनुसन्धान भई रहेको उनले जनाए । उनको शरीर जलेर उनी घटना स्थलमै मृत्यु भएको स्थानियले बताए ।
स्याङजा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समय अघि बैदेशीक रोजगारबाट नेपाल आएको श्रोतको भनाई छ । उनका एक श्रीमती एक छोरी रहेकी छन भने उनीसंगै भतिज समेत बस्दै आएको स्थानियले बताए ।