हिपमत डटकम

आइतबार, चैत्र १९, २०७९ || 1210  पटक पढिएको

काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ ।

शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो ।

तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टाडिले हुन पुगेको बताइएको छ।

वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए। उनीहरूलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्‍याइएको विमानस्थल स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!